सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छः अध्यक्ष ढकाल
२०८२ चैत्र १७ मङ्गलवार
- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन् ।
काठमाण्डौ, १७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन् ।
महासंघको आसन्न निर्वाचनअन्तर्गत वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले आफ्नो कार्यकालको सुरुवातमा लिएका पाँच वटा प्रमुख एजेन्डा अधिकांश पूरा भइसकेको दाबी गरे ।
उनले भने,‘नेपाल उद्योग वाणिज्य महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सक्यो भने राम्रो हो । तीन वर्ष पहिलो सपथ लिने बेला मैले लिएको पाँच वटा कुरा नै पूरा भएको छ । निजी संस्थालाई यही हामीले शिक्षण संस्थानहरुमा आक्रमण गर्नुहुँदैन । शान्ति क्षेत्र हो ,भनेको जस्तै व्यवसायीक प्रतिष्ठानहरुमा पनि ४६ साल पछिको हेर्ने दृष्टिकोण परिवर्तन गर्न महासंघले निजी क्षेत्र संरक्षण र योजना रणनीति भनेर बुझाएको थियौं । अहिलेको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकको निर्णय नै त्यही भएको छ ।
उनले निजी क्षेत्रमाथि हुने अनावश्यक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिँदै शिक्षण संस्थानजस्तै व्यवसायिक प्रतिष्ठानहरूलाई पनि शान्ति क्षेत्रका रूपमा हेरिनुपर्ने बताए ।
२०४६ सालपछिको निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्न महासंघले ‘निजी क्षेत्र संरक्षण र योजना रणनीति’ अघि सारेको उल्लेख गर्दै उनले अहिलेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले समेत सोही दिशामा निर्णय गरेको बताए ।
ढकालले महासंघभित्र सहमतिको संस्कार विकास हुनुपर्ने उल्लेख गर्दै आफू र वरिष्ठ उपाध्यक्षबीच समन्वय भएमा उक्त समूहलाई खुला रूपमा समर्थन गर्ने संकेत पनि दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।