नेप्सेमा २४.४५ अंकको गिरावट, १५ अर्ब ९ करोडको कारोबार
११ चैत्र, २०८२, बुधवार
- आज ३४५ कम्पनिका ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज बुधबार नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, रिलायन्स स्मिनिंग मिल्स र सुपर खुदी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोलु र भुजुङ हाइड्रो तथा होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सबैभन्दा बढी अभियान लघुवित्तको शेयर ७.७४ प्रतिशत र सालपा विकास बैंकको शेयर ६.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाढी पावरको ५२ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ५१ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’