नेप्सेमा १३.५१ अंकको वृद्धि, १२ अर्ब ३ करोडको कारोबार

३ चैत्र, २०८२, मगलवार
सारांश
  • आज ३४० कम्पनिका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

काठमाडौँ: नेप्सेमा वृद्धि भएको छ । आज मंगलबार नेप्से १३.५१ अंकले बढेर २८१२. ३४ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४० कम्पनिका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज रिलायन्स स्मिनिंग मिल्स र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सालपा विकास बैंक र होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एशिया ग्रोथ फण्ड २ को शेयर ४.७४ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबैभन्दा बढी रिढी पावरको ५६ करोड ३७ लाख, अन्खु खोला जलविद्युतको शेयरमा ५१ करोड ७५ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको ४८ करोड ५ लाखको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार