कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

२०८२ फागुन २८ विहीवार
सारांश
  • एकै दिनमा उल्लेखनीय वृद्धि भई मूल्य १०१ डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रति ब्यारेल १०१ डलर नाघेको छ । विश्व बजारमा केही दिनयता तेलको मूल्य निरन्तर उकालो लागिरहेको बताइएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९२ डलर रहेको थियो। तर एकै दिनमा उल्लेखनीय वृद्धि भई मूल्य १०१ डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीमा आबद्ध ३२ देशले बजारमा ४० करोड ब्यारेल तेल उपलब्ध गराउने योजना बनाएको भए पनि त्यसले बजारको चिन्ता कम गर्न सकेको छैन ।

प्रतिवेदनहरूका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्यमा करिब २० प्रतिशतसम्म वृद्धि देखिएको छ ।

 

विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाज आवतजावत प्रभावित हुन सक्ने आशंकाले बजारमा चिन्ता बढेको छ। यही कारणले कच्चा तेलको मूल्य लगातार बढिरहेको बताइएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार