विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो

२०८२ फागुन २६ मङ्गलवार
सारांश
  • तेलको मूल्य घट्ने मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको बयान हो, जसमा उनले युद्ध चाँडै समाप्त हुने बताएका थिए ।

काठमाडौँ: विश्व बजारमा कच्चा तेलको मूल्य ठूलो मात्रामा घटेको छ ।

 

एशियामा प्रारम्भिक कारोबारका क्रममा ब्रेन्ट क्रूडको मूल्य करिब ८.५ प्रतिशतले घटेर ९२.५० डलर प्रति बैरल पुगेको छ । यसअघि सोमबार यो मूल्य ११५ डलर नजिक पुगेको थियो ।

 

अमेरिकी तेल (डब्लुटीआई) पनि करिब ९ प्रतिशतले घटेर ८८.६० डलर प्रति बैरलमा कारोबार भइरहेको छ । तेलको मूल्य घट्ने मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको बयान हो, जसमा उनले युद्ध चाँडै समाप्त हुने बताएका थिए ।

 

एशियाली बजारमा वृद्धि देखिएको छ । दक्षिण कोरियाको कोस्पी इन्डेक्स ५.१० प्रतिशत बढेर ५,५१८ मा पुगेको छ भने जापानको निक्केई १,६७० अंक या ३.२० प्रतिशतले बढेर ५४,३९९ मा कारोबार भइरहेको छ। हङकङको हैंगसेंग इन्डेक्स ३२५ अंक या १.२८ प्रतिशतले बढेर २५,७३१ मा कारोबार भइरहेको छ। चीनको शाङ्घाई कम्पोजिट इन्डेक्स भने १३.०१ अंक या ०.३२ प्रतिशतले घटेर ४,१०९ मा पुगेको छ।

 

अमेरिकी बजारमा भने गिरावट देखिएको छ। डाउ जोन्स २३९ अंक (०.५० प्रतिशत) घटेर ४७,७४० मा बन्द भएको छ । टेक आधारित इन्डेक्स नास्ड्याक कम्पोजिट १.३८ प्रतिशत घटेर २२,६९५ मा बन्द भएको छ भने एस एण्ड पी ५०० इन्डेक्स ५५ अंक (०.८३ प्रतिशत) घटेर ६,७९५ मा बन्द भएको छ ।

 

विश्लेषकहरूका अनुसार ट्रम्पको युद्ध चाँडै समाप्त हुनेछ भन्ने बयानपछि तेलको मूल्य घटेको र बजारमा उत्साह बढेको हो । यसले विश्व आपूर्ति श्रृंखलामा रहेको अनिश्चिततालाई कम गरेको र लगानीकर्ताको विश्वास बढाएको छ । यद्यपि अहिलेको मूल्य युद्ध सुरु हुनु अघि भन्दा अझै करिब ३० प्रतिशत उच्च स्तरमै छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार