नेप्सेमा आज ३२.०८ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार
२६ फाल्गुन, २०८२, मगलवार
- आज ३२९ कम्पनिका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० मा कारोबार भएको थियो । आज जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज गिरावट आएको छ । मंगलबार नेप्से ३२.०८ अंकले घटेर २८४३. ३५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२९ कम्पनिका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० मा कारोबार भएको थियो । आज जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रो शेयर ९. ०८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी हिमस्टारको शेयर ६.३६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको एक अर्ब ९ करोड ७३ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ६९ करोड ६४ लाख बराबरको कारोबार भएको छ भने रिडी अपि पावरको ६१ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’