- सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपिओको बाँडफाँड आज हुने भएको छ ।
काठमाण्डौ, १७ फाल्गुण । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपिओको बाँडफाँड आज हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज बिहान साढे ८ बजे आइपिओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले फागुन ५ गतेदेखि ११ गते सम्म खोलेको आवेदनमा २७ लाख ६ हजार ८७९ जना लगानीकर्ताले तीन अर्ब एक करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख ३७ हजार १२० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।
कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यो आइपिओ एक लाख २८ हजार ६५० लगानीकर्तालाई १०-१० कित्ताका दरले पर्ने छ भने बाँकीको हात खाली हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’