नेप्से १९.२७ अंकले बढ्यो, ५ अर्ब ६४ करोडको कारोबार

२०८२ फाल्गुण १७ आइतवार
सारांश
  • नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आइतबार नेप्से १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेर रोकिएको छ ।

काठमाण्डौ, १७ फाल्गुण । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आइतबार नेप्से १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४१ कम्पनिका एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१  मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी हिमस्टार उर्जाको सेयर ४.१६ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको ३६ करोड बराबरको कारोबार भएको छ भने अपि पावरको ३३ करोड २१ लाख बराबरको कारोबार भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार