एमसिसी प्रसारणलाइनको 'राइट अफ वे'मा संरचना निर्माण र रुख रोप्न सरकारको रोक
२०८२ माघ १६ शुक्रवार
- सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै प्रसारणलाइनको मध्यभागबाट दायाँ २३ मिटर र बायाँ २३ मिटर गरी कुल ४६ मिटर क्षेत्रभित्र संरचना निर्माण र रुख रोप्न निषेध गरेको हो।
अमेरिकी सहयोग नियोग– एमसिसीको अनुदान र नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको विद्युत प्रसारणलाइन क्षेत्रमा अब कुनै पनि भौतिक संरचना बनाउन नपाइने भएको छ।
सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै प्रसारणलाइनको मध्यभागबाट दायाँ २३ मिटर र बायाँ २३ मिटर गरी कुल ४६ मिटर क्षेत्रभित्र संरचना निर्माण र रुख रोप्न निषेध गरेको हो।
३ सय १५ किलोमिटर लामो यो ४ सय केभी प्रसारणलाइन नेपालका १० वटा जिल्ला भएर बन्नेछ। राजपत्रमा उल्लेख भएअनुसार– काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा यो नियम लागू हुनेछ।
करिब १ हजार ३ सय ८१ हेक्टर क्षेत्रफलमा फैलिने यो प्रसारणलाइनको सुरक्षा र प्राविधिक संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्को निर्णयअनुसार यो रोक लगाइएको हो। एमसिए–नेपालले हाल प्रसारणलाइनसँगै तीनवटा अत्याधुनिक सबस्टेसन निर्माणको कामलाई समेत तीव्रता दिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’