- आईपीओको लागि माघ २२ गतेदेखि २६ गतेसम्म र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्म खुला हुने बताइएको छ ।
काठमाडौँ : होटल फरेस्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ । कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि खुला गर्न लागेको हो ।
आईपीओको लागि माघ २२ गतेदेखि २६ गतेसम्म र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्म खुला हुने बताइएको छ ।
कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।
सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ र कुल प्रस्तावित शेयरको ५ प्रतिशत अर्थात् २ लाख कित्ता म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहेको ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।
आईपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता शेयरक आवेदन दिन सकिने छ ।
केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले होटल फरेस्ट इन प्राइभेट लिमिटेडको दीर्घकालीन बैंक सुविधाहरूलाई ‘केयर-एनपी बीबी-’ रेटिङ दिएको छ । यसले मध्यम जोखिमलाई जनाउछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’