डलरको भाउमा ऐतिहासिक रेकर्ड: १ डलरको १४७ रुपैयाँ ४१ पैसा पुग्यो

२०८२ माघ १३ मङ्गलवार
सारांश
  • नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.१ प्रतिशतले अवमूल्यन भएको छ। गत असारमा डलरको मूल्य १३७ रुपैयाँ रहेकोमा अहिले यसले नयाँ रेकर्ड कायम गरेको हो।

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्री दर १४७ रुपैयाँ ४१ पैसा तोकेको छ, जुन हालसम्मकै उच्च बिन्दु हो।

 

पछिल्लो समय डलरको भाउ निरन्तर उकालो लागिरहेको छ। एक साताअघि मात्र प्रति डलर १४६ रुपैयाँ ८१ पैसा रहेको थियो। तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.१ प्रतिशतले अवमूल्यन भएको छ। गत असारमा डलरको मूल्य १३७ रुपैयाँ रहेकोमा अहिले यसले नयाँ रेकर्ड कायम गरेको हो।

 

डलर महँगिँदा रेमिट्यान्स पठाउने नेपाली र प्रत्यक्ष वैदेशिक लगानीका लागि केही फाइदा पुग्ने देखिए पनि समग्र अर्थतन्त्रमा भने यसले चुनौती थपेको छ। आयातमा निर्भर नेपालका लागि डलर बलियो हुनुको अर्थ बजारमा महँगी चुलिनु हो। आयातित सामानको लागत बढ्दा उपभोक्ताको भान्छा महँगो हुने निश्चित छ।

 

यसका साथै, डलरको वृद्धिले राज्यलाई वैदेशिक ऋणको सावाँ र ब्याज तिर्न थप आर्थिक भार पर्नेछ। विदेशमा अध्ययन गर्न जाने विद्यार्थी, उपचार र भ्रमणमा जानेहरूका लागि पनि अबको यात्रा महँगो हुनेछ। डलर बलियो हुँदा निर्यात बढाएर लाभ लिन सकिने अवसर भए पनि नेपालले उत्पादन वृद्धि गर्न नसक्दा अपेक्षित फाइदा लिन सकिरहेको छैन।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार