बैंक युनियनको हड्तालपछि भारतका सार्वजनिक क्षेत्रका बैंक प्रभावित
२०८२ माघ १३ मङ्गलवार
- मिडिया रिपोर्टका अनुसार यूनाइटेड फोरम अफ बैंक युनियन्स बैंक अधिकारी र कर्मचारीहरूको प्रतिनिधित्व गर्ने नौ युनियनहरूको संयुक्त मञ्च हो ।
काठमाडौँ : यूनाइटेड फोरम अफ बैंक युनियन्सले पाँच दिनको कार्य हप्ताको माग गर्दै राष्ट्रव्यापी हडताल आह्वान गरेपछि भारतकाका सार्वजनिक क्षेत्रका बैंकहरूको सञ्चालन प्रभावित भएको छ ।
मिडिया रिपोर्टका अनुसार यूनाइटेड फोरम अफ बैंक युनियन्स बैंक अधिकारी र कर्मचारीहरूको प्रतिनिधित्व गर्ने नौ युनियनहरूको संयुक्त मञ्च हो ।
जनवरी २३ मा मुख्य श्रम आयुक्तसँग भएको मेलमिलाप बैठक निष्कर्षविहीन रहेपछि हडताल आह्वान गरिएको थियो । अखिल भारतीय बैंक कर्मचारी संघका महासचिव सीएच वेंकटचलमलेआफ्ना मागहरूमा सहमति नजनाएको र कुनै सकारात्मक परिणाम प्राप्त नाभ्येपाची हडतालमा जान बाध्य भएको बताएका छन् । बैंक कर्मचारी र अधिकारीहरू आफुहरुमाथि भेदभाव भइरहेको भन्दै आन्दोलनमा उत्रिएको बताइएको छ ।
हडतालका कारण, देशभरका अधिकांश सार्वजनिक क्षेत्रका बैंकहरूका शाखाहरू पूर्ण रूपमा बन्द वा आंशिक रूपमा खुला रहेको बताइएको छ ।
उनीहरुका मुख्य माग बैंकहरूमा पाँच दिनको कार्य हप्ता लागू गर्नु हो, जसको अर्थ शनिबार र आइतबार दुवै बन्द हुनुपर्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।