सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड

२०८२ माघ १२ सोमवार
सारांश
  • कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका थिए । आईपीओ ८ लाख २० हजार लगानीकर्ताले १०-१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

काठमाडौँ : सोलु हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ ।  सोमबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो । 

 

कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका थिए । आईपीओ ८ लाख २० हजार लगानीकर्ताले १०-१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । 

 

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको थियो । 

 

कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

 

कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेर बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

 

आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङको वेबसाइट र मेरो सेयरको वेभसाइटबाट हेर्न सकिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार