हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न नीति आवश्यक : अर्थमन्त्री
२०८२ माघ १२ सोमवार
- उत्पादनमा आधारित र आन्तरिक उपभोग वृद्धि गर्ने दृष्टिकोणबाट अर्थतन्त्रलाई अगाडि लानुपर्ने भन्दै यसमा पनि भन्सारको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।
काठमाडौं: अर्थमन्त्री रामेश्वर खनालले नेपालमा प्रतिबन्धित अथवा स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न नीतिहरु केन्द्रीत गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनको सातौ भन्सार सुधार रणनीति तर्जुमा गर्दा व्यापार सहजीकरण साथै नेपाली समाजलाई सुरक्षित राख्न हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न रणनीति र नीतिहरु केन्द्रीत गर्नुपर्ने बताए ।
उनले भने, ‘आगामी दिनको सातौ भन्सार सुधार रणनीति तर्जुमा गर्दा हामीले मूलभूत रुपमा तीन चारवटा थिममा काम गर्नुपर्छ जस्तो लाग्छ । त्यसमा एउटा व्यापार सहजीकरण हो । अर्को कसरी नेपाली समाजलाई सुरक्षित राख्नको लागि प्रतिबन्धित अथवा स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न सक्छौ यो विषयमा हाम्रो रणनीति र नीतिहरु केन्द्रीत हुन आवश्यक छ ।’
यस्तै, उनले सुधारको काम अगाडि बढाउदै जाँदा त्यसबाट आउन सक्ने जोखिमहरुको तयारी पनि सँगै लिएर जानुपर्ने भन्दै यसमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको र सरकार पनि मिलेर अगाडी बढ्न तयार रहेको बताए ।
उनले भने, ‘जुनसुकै समाजमा पनि जतिसुकै राम्रो काम प्रारम्भ गरेपछि त्यसको दुरुपयोग गर्ने, त्यसबाट लाभ लिने प्रयास गर्ने तत्वहरु जाग्ने सम्भावना हुन्छ । त्यो नेपालमा मात्र होइन अन्य ठाँउमा पनि हुन्छ । त्यसकारण सुधारको काम अगाडि बढाउँदै जाँदा त्यसबाट आउन सक्ने जोखिमहरु के हुन्, त्यसलाई न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने कुराको तयारी पनि सँगै लिएर जानुपर्छ । यसबाट एकपटक गरिएको सुधारबाट फर्किएर फेरि पुरानै बिन्दुमा पुग्न पर्दैन् । यो क्रममा निजी क्षेत्रले सहकार्य गर्न तयार छौ भनेर हात फैलाउनु भएको छ । त्यसमा हामी पनि मिलेर अगाडी बढ्न तयार छौ ।’
उत्पादनमा आधारित र आन्तरिक उपभोग वृद्धि गर्ने दृष्टिकोणबाट अर्थतन्त्रलाई अगाडि लानुपर्ने भन्दै यसमा पनि भन्सारको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।
साथै, उनले भन्सार प्रशासनलाई सहयोग पुग्ने र व्यापार सहजीकरण गर्नको लागि कस्ता किसिमका दक्षता भन्सारलाई आवश्यक छ त्यो दक्षता वृद्धि गर्नको लागि प्रशिक्षण कार्यक्रम, चेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्न सकिने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।