तिनाउ नदीमा प्रस्तावित ‘सिग्नेचर ब्रिज’ को ठेक्कामा आवेदन नपरेपछि म्याद थप

२०८२ माघ ११ आइतवार
सारांश
  • महाशाखाले गत मंसिर १९ गते बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक खण्डमा पर्ने तिनाउ नदीमा पुल निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो

काठमाडौँ: बुटवलस्थित तिनाउ नदीमा निर्माण गर्न लागिएको अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ को ठेक्का प्रक्रियामा निर्माण कम्पनीहरूले रुचि नदेखाएपछि आवेदन दिने म्याद थप गरिएको छ। 

 

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले पहिलो पटक आह्वान गरिएको समयावधिमा कुनै पनि आवेदन नपरेपछि थप १५ दिनको समय बढाएको हो।

 

महाशाखाले गत मंसिर १९ गते बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक खण्डमा पर्ने तिनाउ नदीमा पुल निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो। निर्धारित समय सीमा गत बुधबार सकिए पनि एउटै निर्माण कम्पनीले प्रस्ताव पेस नगरेपछि विभागले आगामी माघ २२ गते (फेब्रुअरी ५) सम्मका लागि नयाँ म्याद तय गरेको छ।

 

के हो ‘सिग्नेचर ब्रिज’ र किन परेन आवेदन?
नेपालमै पहिलो पटक भित्र्याउन लागिएको नयाँ प्रविधिको यो पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा निर्माण गर्न लागिएको हो। यस मोडल अन्तर्गत निर्माण कम्पनीले नै पुलको विस्तृत डिजाइन तयार गरी निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ। सम्भवतः नयाँ प्रविधि र जटिल डिजाइनका कारण नेपाली निर्माण कम्पनीहरूले यसमा तत्कालै रुचि नदेखाएको अनुमान गरिएको छ।

 

पुलको कुल लम्बाई २४० मिटर हुनेछ भने यससँगै १८० मिटरको पहुँच सडक (सर्भिस लेनसहित) पनि निर्माण गर्नुपर्ने सर्त राखिएको छ।

 

सडक विभागका अधिकारीहरूका अनुसार तिनाउ जस्तो चुनौतीपूर्ण नदीमा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य छ। यद्यपि, ठेक्का प्रक्रियाको सुरुवाती चरणमै निर्माण व्यवसायीको उपस्थिति शून्य हुनुले यो महत्त्वपूर्ण आयोजना निर्धारित समयभन्दा पछि धकेलिने सङ्केत देखाएको छ। अब थपिएको म्यादभित्र आवश्यक आवेदन पर्नेमा विभाग आशावादी देखिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार