नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ९९ करोडको कारोबार
२०८२ पुष २९ गते मङ्गलवार
- आज ३३९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ मा कारोबार भएको थियो ।
काठमाडौँ: नेप्से आज सामान्य बढेको छ । मंगलबार नेप्से ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ मा कारोबार भएको थियो ।
आज बैंकिङ, फाइनान्स, होटल्स, जीवन वीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने दोर्दी खोला हाइड्रोको शेयर ९.३८ प्रतिशतले बढेको छ । त्यस्तै आज रसुवागढी हाइड्रोको शेयर सबैभन्दा बढी ६.०९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको ५४ करोड ६५ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’