३६ वर्ष बैंकिङ क्षेत्रमा अनुभव भएका बस्याल बने सिद्धार्थ बैंकको सीईओ
२०८२ पुष २८
- सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव संगालेका छन् ।
काठमाडौं, पुस २८: सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । उक्त नियुक्ति पुस २५ देखि नै लागू भएको बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव संगालेका छन् ।
सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भई उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
उनले विगत ३६ वर्षको बैंकिङ कार्यकालमा विभिन्न भूमिकामा रही समग्र बैंक सञ्चालनसम्बन्धी अनुभव प्राप्त गरेका छन् । यस क्रममा मूलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’