एनएमबि बैंकका केही शाखा समायोजन, चैत २५ देखि सेवा नयाँ शाखाबाट

२०८२ पौष २३, बुधबार
सारांश
  • बैंकको निर्णय बमोजिम मोरङ, चितवन र कास्की जिल्लाका केही शाखाहरू समायोजन हुन लागेका हुन्।

काठमाडौं: एनएमबि बैंक लिमिटेडले आफ्ना केही शाखा कार्यालयहरूलाई एकआपसमा गाभी (समायोजन गरी) एकीकृत रूपमा बैंकिङ्ग सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। बैंकले एकै स्थानमा वा एकआपसमा नजिक रहेका शाखा कार्यालयहरूलाई बन्द गरी नजिकैको अर्को शाखामा समायोजन गर्न लागेको हो।

 

बैंकले जारी गरेको सूचना अनुसार, आगामी २०८२ साल चैत २५ गते देखि समायोजन भएका शाखाहरूबाट एकीकृत सेवा प्रदान गरिनेछ। बैंकको निर्णय बमोजिम मोरङ, चितवन र कास्की जिल्लाका केही शाखाहरू समायोजन हुन लागेका हुन्।

 

कुन–कुन शाखा कहाँ समायोजन हुँदैछन्?
१.मोरङ (विराटनगर): विराटनगर महानगरपालिका वडा नं. ९ मा रहेको विराटनगर शाखा (००८) लाई सोही उपमहानगरपालिकाको वडा नं. ११ मा रहेको महेन्द्रचोक शाखा (२०९) मा समायोजन गरिनेछ। यी दुई शाखा बीचको दूरी करिब ७५० मिटर रहेको छ।

 

२. चितवन (भरतपुर): भरतपुर महानगरपालिका वडा नं. २ मा रहेको नारायणघाट मेनरोड शाखा (१५६) लाई वडा नं. १ मा रहेको लायन्स चोक शाखा (१३२) मा समायोजन गरिनेछ। नयाँ शाखा पहिलेको भन्दा जम्मा १ किलोमिटरको दूरीमा रहेको छ।

 

३. कास्की (पोखरा):पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको पोखरा शाखा (००६) लाई वडा नं. ४ मा रहेको चिप्लेढुङ्गा शाखा (१२१) मा समायोजन गरिनेछ। यो नयाँ शाखा पहिलेको भन्दा २५० मिटर दूरीमा रहेको छ।

 

४. कास्की (पोखरा): पोखरा महानगरपालिका वडा नं. १५ मा रहेको रामबजार शाखा (१४१) लाई वडा नं. १० मा रहेकोअमरसिंह शाखा (१२४) मा समायोजन गरिनेछ। यो नयाँ शाखा पहिलेको भन्दा करिब ४०० मिटरको दूरीमा रहेको छ।

 

समायोजन पश्चात् साविकका शाखाहरूबाट सेवा लिइरहेका ग्राहकवर्गले अब समायोजन भई कायम भएका शाखाहरूबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार