२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
२०८२ पुष २२ गते मङ्गलवार
- ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । यसमा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (घ)’ जारी गर्ने भएको छ । बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल मिति २०८२ पुस २२ गते (आज) मध्यान्ह १२ बजेसम्म तोकिएको छ । आजै ऋणपत्र निष्कासन गरिनेछ भने यसको परिपक्वता मिति २०८३ पुस २२ गते रहेको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । यसमा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका दरले, कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
उक्त ऋणपत्र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) हरूले मात्र खरिद गर्न पाउनेछन् । ऋणपत्रलाई धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
बोलकबोलमार्फत प्राप्त ब्याजदरको आधारमा न्यूनतमदेखि उच्च क्रम अनुसार ऋणपत्र बाँडफाँट गरिनेछ । समान ब्याजदरमा माग बढी भएमा समानुपातिकका आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यो ऋणपत्र लगानीकर्ताको लगानी पोर्टफोलियोमा समावेश हुनेछ भने यसलाई अनिवार्य नगद मौज्दात गणनामा समावेश गरिने छैन् । तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपात गणनामा भने प्रयोग गर्न सकिनेछ । ऋणपत्रसम्बन्धी थप जानकारीका लागि राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।