नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब १२ करोडको कारोबार
२०८२ पुष २२ गते मङ्गलवार
- आज होटल्स र उत्पादन क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्से आज वृद्धि भएको छ । मंगलबार नेप्से ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३४ कम्पनिका एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ मा कारोबार भएको थियो । आज होटल्स र उत्पादन क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज जीवन विकास लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ९.५४ प्रतिशतले बढेको छ । त्यस्तै आज रुरु जलविद्युतको शेयर सबैभन्दा बढी ८.४१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २४ करोड ८८ लाख बराबरको कारोबार भएको छ भने बुटवल पावर कम्पनिको २३ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’