जेन–जी आन्दोलनको क्षति: बीमा कम्पनीहरूद्वारा साढे ५ अर्ब दाबी भुक्तानी
२०८२ पुष १८ शुक्रवार
- यी रकमहरूमा बीमितलाई दिइएको अग्रिम भुक्तानी समेत समावेश छ।
काठमाडौं: जेन–जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको दाबी वापत निर्जीवन बीमा कम्पनीहरूले हालसम्म ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार कूल ३ हजार ३१६ वटा बीमा दाबी मार्फत करिब २३ अर्ब ४७ करोड रुपैयाँको माग परेको थियो।
प्राधिकरणका अनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त तथ्याङ्कले भुक्तानी भएको कूल रकममध्ये सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै हिस्सा देखाउँछ। सम्पत्ति बीमातर्फ परेको १९ अर्ब ५ करोडको दाबीमध्ये ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ ३ अर्ब ४६ करोडमध्ये १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ ८ करोड ३६ लाख, परिवहन बीमातर्फ १ करोड ५५ लाख र अन्य बीमा शीर्षकमा ५ करोड रुपैयाँ दाबी भुक्तानी गरिएको छ। यी रकमहरूमा बीमितलाई दिइएको अग्रिम भुक्तानी समेत समावेश छ।
आन्दोलनको क्षति व्यवस्थापनका लागि नेपाल पुनर्बीमा कम्पनीले पनि निर्जीवन बीमा कम्पनीहरूलाई ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी गरेको छ। पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा कम्पनीहरूबाट १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ बराबरका २ हजार ८६३ वटा पुनर्बीमा दाबी परेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’