नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो
७ पुष, २०८२, सोमवार
- आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मनुसी लघुवित्तको शेयर ६.८४ प्रतिशतले घटेको छ ।
काठमाडौँ । नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३२ कम्पनिका ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मनुसी लघुवित्तको शेयर ६.८४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको १० करोड ३० लाख कारोबार भएको छ भने सन नेपाल लाइफ इन्सुरेन्सको ८ करोड २६ लाखको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’