नेप्सेमा १३.५२ अंकको गिरावट, ५ अर्ब २३ करोडको कारोबार
२०८२ मङ्सिर १७ बुधवार
- आज फाइनान्स, होटल्स, उत्पादन र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से १३.५२ अंकले घटेर २६३१. १७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३२ कम्पनिका एक करोड ८ लाख ७३ हजार ३७२ कित्ता शेयर ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, उत्पादन र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज सागर डिस्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको भने स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी साम्लिंग पावरको शेयर २.८५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी बन्दीपुर केवलकारको १८ करोड ४९ लाख कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको १७ करोड ८१ लाखको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’