सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता छ: गर्भनर डा.पौडेल

२०८२ कार्तिक २२ शनिबार
सारांश
  • शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च रहेको भन्दै सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । 


शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च रहेको भन्दै सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । 


उनले भने,‘अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च हो । सरकारले खर्च बढायो भने माग पनि बढ्छ । तपाईंहरू आफ्नो गतिमा दौडनुस्, सरकार पनि आफ्नो गतिमा दौडनेछ । अन्ततः सबै सँगै अगाडि पुग्छौं ।’


त्यस्तै उनले ब्याजदर घटेको, तरलता प्रशस्त रहेको भन्दै उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताए । 


उनले भने, ‘ब्याजदर एकदम कम भएर गएको छ । तरलता उच्च छ । राष्ट्र बैंकमा ८ खर्बभन्दा बढी, विदेशी विनिमय २२ खर्बभन्दा बढी छ । छिमेकी देशभन्दा हामीसँग बढि छ । यसबेला तपाईंहरूले हामीसँग माग गर्नु स्वभाविक हो ,हामी तपाईहरुको अविभावक हौं ।  तर तपाइँहरुले पनि सहयोग गर्नुस् । उच्च मनोबलकासाथ काम गर्नुहोस् उत्पादन बढाउनुस्, रोजगारी सिर्जना गर्नुस् ।’

 

उनले ब्याजदर करिडोरको तल्लो सीमा जोगाउनका लागि राष्ट्र बैंकले २५ अर्ब खर्च गरेको जानकारी गराए । उनको 

अनुसार करिब डेढ लाख व्यक्ति कालोसूचीमा परेकाले कर्जाको माग घटाएको हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार