- सम्झौता अन्तर्गत, विश्वको सबैभन्दा ठूलो कफी चेन स्टारबक्सले आफ्नो चिनियाँ खुद्रा सञ्चालन र स्टारबक्स ब्रान्डको स्वामित्वमा ४० प्रतिशत हिस्सेदारी कायम राख्नेछ ।
काठमाडौँ : लोकप्रिय कफी चेन स्टारबक्सले लगानी फर्म बोयु क्यापिटलसँग ४ अर्ब डलरको सम्झौतामा आफ्नो चिनियाँ व्यवसायको ६० प्रतिशत बेच्ने घोषणा गरेको छ ।
सम्झौता अन्तर्गत, विश्वको सबैभन्दा ठूलो कफी चेन स्टारबक्सले आफ्नो चिनियाँ खुद्रा सञ्चालन र स्टारबक्स ब्रान्डको स्वामित्वमा ४० प्रतिशत हिस्सेदारी कायम राख्नेछ ।
स्टारबक्सले १९९९ मा चिनियाँ बजारमा प्रवेश गरेको थियो। चीन अब संयुक्त राज्य अमेरिका बाहिर यसको दोस्रो ठूलो बजार हो ।
यद्यपि, हालैका वर्षहरूमा, लकिन कफी जस्ता स्थानीय ब्रान्डहरूको उदयका कारण कम्पनीले चुनौतीहरूको सामना गर्नु परेको छ ।कम्पनीले यसको मुख्यालय सांघाईमा रहनेछ र यसले चिनियाँ बजारमा ८ हजार आउटलेटहरूको स्वामित्व र सञ्चालन जारी राख्नेछ ।
यसले भविष्यमा यो संख्या २० हजार स्टोरहरूमा विस्तार गर्ने योजना बनाएको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’