नेप्से ३४.२२ अंकले बढ्यो, ७ अर्ब ५१ करोडको कारोबार
२०८२ कार्त्तिक १३ विहीवार
- आज ३१९ कम्पनिका २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ : नेप्से आज बढेको छ । विहिबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१९ कम्पनिका २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोको शेयरमा ९.५४ प्रतिशतले बढेको छ । त्यसैगरी आज एनआइबिएल स्टेबल फण्डको शेयर ५.७० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंकको प्रमोटर शेयरको एक अर्ब ६६ करोड ५० बराबरको कारोबार भएको छ भने राढ़ी विद्युत कम्पनिको ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’