नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
२०८२ कार्त्तिक १२ बुधवार
- बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स १.५६ अंकले कम भएको छ भने फ्लोट इन्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४६ अंकले ओरालो लागेको छ । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ ।
काठमाडौं : पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको छ । बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन देखिएको हो ।
बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स १.५६ अंकले कम भएको छ भने फ्लोट इन्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४६ अंकले ओरालो लागेको छ । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ ।
आज ३२१ स्टकको ५० हजार ४८७ पटकको कारोबारमार्फत ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर कारोबार भएको छ । यसअघि मंगलबार भने ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएके थियो ।
यस दिन दुई स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन् । यस्तै, मानुषी लघुवित्तको शेयर मूल्य करिब १० प्रतिशत बढ्दा हिमालयन पावर पार्टनर ८ प्रतिशतभन्दा बढीले उक्लिएको छ । यता, ज्योति विकास बैंक बण्ड २०८७ भने ५.६६ प्रतिशतले घट्दै सर्वाधिक मूल्य घट्ने स्टकमध्ये रहेको छ ।
१३ उपसमूहमध्ये बुधबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूह घटेका छन् । होटल तथा पर्यटन उपसमूह २.१५ प्रतिशत वृद्धि गर्दै अगाडि छ भने व्यापार उपसमूह पनि २ प्रतिशत उक्लिएको छ । अन्य उपसमूह भने १.२० प्रतिशत घट्दै क्रमशः कमजोर प्रदर्शनमा देखिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।