चालु आर्थिक बर्षको असोजसम्मको २ खर्ब ५१ अर्ब १८ करोड राजस्व सङ्कलन

२०८२ कार्त्तिक ०१ शनिवार
सारांश
  • आर्थिक बर्ष २०८२/८३ असोजसम्मको २ खर्ब ५१ अर्ब १८ करोड राजस्व सङ्कलन भएको छ ।

काठमाडौँ, १ कार्तिक । आर्थिक बर्ष २०८२/८३ असोजसम्मको २ खर्ब  ५१ अर्ब १८ करोड राजस्व सङ्कलन भएको छ । अर्थमन्त्रालयका अनुसार यो लक्ष्यको ७८.१२ प्रतिशत राजश्व सङ्कलन हो । असोज महिनामा ३ खर्ब २१ अर्ब ५३ करोडको राजश्व सङ्कलनको लक्ष्य रहेको थियो ।

  

त्यस्तै असोज महिनामा मात्र राजश्व सङ्कलनको लक्ष्य १ खर्ब ३ अर्ब ७ करोड रहेकोमा ९२ अर्ब ४७ करोड सङ्कलन भएको छ । असोज ३१ मात्र  ८ अर्ब ६ करोड राजश्व सङ्कलन भएको थियो ।

 

असोज महिनामा लक्ष्यको ८९.७१ प्रतिशत राजश्व सङ्कलन भएको छ । यस आर्थिक बर्षको राजश्व सङ्कलनको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रहेको छ ।

 

गत आर्थिक बार्षको वार्षिक लक्ष्य: १४ खर्ब १९ अर्ब ३० करोड रहेकोमा असोज महिनासम्म २ खर्ब ५३ अर्ब १ करोड सङ्कलन भएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार