नेप्से १८.४० अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

२०८२ असोज ३० बिहीबार
सारांश
  • आज ३११ कम्पनिका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर ३ अर्ब २७ करोड ५४ हजार ८६४ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ

काठमाडौँ : नेप्सेमा आजपनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३११ कम्पनिका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर ३ अर्ब २७ करोड ५४ हजार ८६४ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।

 

आज हिमालयन पावर पार्टनरको शेयरमा सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर ५.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्तको शेयर ७.३३ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी मुक्तिनाथ विकास बैंक १५ करो ३० लाख बराबरको शेयर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको १३ करोड ४ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार