
- अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो ।
काठमाडौं : बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् ।
अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेर ५ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।
मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०८७ (७.०९ प्रतिशत), एनआईएमबी डिबेञ्चर २०९० (६ प्रतिशत) र आत्मनिर्भर लघुवित्त (६ प्रतिशत) ले अगाडि छन् । त्यसैगरी, प्रभु इन्स्योरेन्सको शेयरमूल्य ६.१२ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको कुल कारोबार २६ करोड १६ लाख रुपैयाँ भएको छ । त्यसपछि यूनियन हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । १३ वटै उपसमूह घटेका छन्, जसमा वित्त (३.०९ प्रतिशत) र होटल–पर्यटन (३ प्रतिशत) उपसमूह सबैभन्दा बढी घटेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपतिले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
-
गाजा युद्धविराम योजना अनुमोदन, सोमबारसम्म बन्धक रिहा हुने
-
शिक्षामन्त्री पुनले सिटीइभिटीको पुर्नसंरचना गर्न कार्यदल बनाउनेसहित गरे पाँच निर्णय
-
आज नोबेल शान्ति पुरस्कारको घोषणा हुदै, ट्रम्पले पाउने सम्भावना कति छ ?
-
एमालेको सचिवालय बैठक आज बस्दै
धेरै पढिएको
विशेष
नेपालको गन्तव्यहीन जस्तो देखिएको यात्रा
यदि राजनीतिक अवस्था अराजक बन्दै गयो, भने मुख्य दलहरू र पूर्वराजालाई समेत समावेश गर्ने वृहत् राजनीतिक सहमतिको आवश्यकता पर्न सक्छ, जुन सम्भवतः बाह्य शक्तिहरूको मध्यस्थतामा हुनेछ । त्यस्तो अवस्थामा पूर्वराजाले आफ्ना सर्तहरू कसरी राख्छन् र राजनीतिक दलहरूले त्यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरा निर्णायक हुनेछ ।