- आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी नेतृत्वसँग छलफल गरिएको हो ।
काठमाडौं: प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल सम्पन्न भएको छ ।
आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी नेतृत्वसँग छलफल गरिएको हो ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीले निजी क्षेत्रको चिन्तालाई गम्भीरतापूर्वक लिएको जानकारी दिए ।
‘जेनजी आन्दोलनको क्रममा उद्योग प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटका विषयमा हामीले प्रधानमन्त्रीसँग प्रत्यक्षरूपमा कुरा राख्यौं। उहाँहरूले सम्पूर्ण इस्युहरूमाथि सकारात्मक ढंगले प्रतिक्रिया दिनु भएको छ,’ ढकालले भने ।
उनका अनुसार बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना समस्या तथा धारणा प्रस्तुत गरेका थिए । ‘सरकारले क्षति व्यहोरेका उद्योग तथा व्यवसायप्रति आवश्यक सघाउ गर्ने र समस्या समाधानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ,’ अध्यक्ष ढकालले भने ।
प्रधानमन्त्रीको आश्वासनपछि निजी क्षेत्र सकारात्मक र आशावादी बनेको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’