तीन पटक नकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार बन्द

२०८२ असोज ०२ बिहीवार
सारांश
  • बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो भने ११:२३ बजे कारोबार पुनः सुरु भयो तर सुरु भएको एक मिनेट भित्र, नेप्से ५ प्रतिशतले घटेपछि नियम अनुसार ४० मिनेट कारोबार बन्द गरिएको थियो ।

काठमाडौँ : नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ । 

 

बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो भने ११:२३ बजे कारोबार पुनः सुरु भयो तर सुरु भएको एक मिनेट भित्र, नेप्से ५ प्रतिशतले घटेपछि नियम अनुसार ४० मिनेट कारोबार बन्द गरिएको थियो ।

 

त्यसपछि दिउँसो १२:०४ बजे कारोबार पुनः सुरु भयो, तर दुई मिनेट भित्रै, नेप्से ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार स्वतः बन्द भएको छ । आज बन्द नेप्से १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार