ब्याजदरमा सामान्य गिरावट, निक्षेप र कर्जामा पनि कमी
२०८२ भाद्र ३१ मङ्गलवार
- उक्त प्रतिबेदन अनुसार अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष साउनमा २.९९ प्रतिशत रहेकोमा यो वर्षको साउनमा २.७५ प्रतिशतमा झरेको पाइएको छ । त्यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.९४ प्रतिशतबाट घटेर २.६५ प्रतिशतमा पुगेको छ ।
काठमाडौं : चालु आर्थिक वर्ष २०८२÷८३ को साउन महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सम्बन्धी प्रतिबेदनले ब्याजदर घटेको देखाएको हो ।
उक्त प्रतिबेदन अनुसार अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष साउनमा २.९९ प्रतिशत रहेकोमा यो वर्षको साउनमा २.७५ प्रतिशतमा झरेको पाइएको छ । त्यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.९४ प्रतिशतबाट घटेर २.६५ प्रतिशतमा पुगेको छ ।
विभिन्न बैंकहरूको आधारदरमा पनि उल्लेख्य कमी आएको छ । २०८२ साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत, विकास बैंकहरूको ७.२८ प्रतिशत र वित्त कम्पनीहरूको ८.८७ प्रतिशत कायम भएको छ ।
गत वर्षको सोही महिनामा वाणिज्य बैंकहरूको आधारदर ७.६१ प्रतिशत, विकास बैंकहरूको ९.२८ प्रतिशत र वित्त कम्पनीहरूको १०.७५ प्रतिशत थियो ।
यस्तै, निक्षेप र कर्जाको ब्याजदर पनि घटेको छ । २०८२ साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत, विकास बैंकहरूको ४.६७ प्रतिशत र वित्त कम्पनीहरूको ५.८५ प्रतिशत पुगेको छ । गत वर्ष यिनै संस्थाहरूको निक्षेप ब्याजदर क्रमशः ५.६६, ६.४६ र ७.७१ प्रतिशत थियो ।
यस्तै, वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर पनि ९.६८ प्रतिशतबाट घटेर ७.७६ प्रतिशतमा झरेको छ । विकास बैंकहरूको कर्जाब्याजदर ११.०७ प्रतिशतबाट घटेर ९.०९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जाब्याजदर १२.३२ प्रतिशतबाट घटेर ९.९८ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ब्याजदरमा आएको यो गिरावट बजारमा तरलता सहज हुन थालेको संकेत हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।