मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमती
२०८२ श्रावण २८ बुधवार
- १२५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सैद्धान्तिक सहमति माग गरेको कम्पनीलाई विद्युत नियमन आयोगले यस्तो अनुमती दिएको हो ।
काठमाडौं : मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ६६.४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमती पाएको छ ।
१२५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सैद्धान्तिक सहमति माग गरेको कम्पनीलाई विद्युत नियमन आयोगले यस्तो अनुमती दिएको हो । कम्पनीको चुक्तापूँजी ६४ करोड ६७ लाख ६७ हजार १०० रुपैयाँ मध्ये कम्पनीले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ ३० पैसा बराबरको हकप्रद शेयर निष्कासन गर्न आयोगबाट अनुमति प्राप्त गरेको हो । अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन प्रक्रिया अघि बढाउनेछ ।
हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । २ दशमलव ९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको निर्माणका लागि समेत लिएको कर्जा भुक्तानीका लागि कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’