नारायणगढ–बुटवल सडक सम्पन्न गर्न चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनलाई एक वर्ष म्याद थप

१९ श्रावण, २०८२, सोमवार
सारांश
  • २०८२ साउन ८ गते सकिएको म्याद एक वर्ष थप गरी २०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो ।

बुटवल, १९ श्रावण । नारायणगढ–बुटवल सडक निर्माणको म्याद अन्तिम पटक एक वर्षको लागि थप गरिएको छ । २०८२ साउन ८ गते सकिएको म्याद एक वर्ष थप गरी २०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो ।

 

नारायणगढ–बुटवल सडक योजनाले यसलाई अन्तिम पटक भनेको छ । अब २०८३ को साउन ७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने अन्तिम समय तोकिएको छ । ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको सडक योजनाले जानकारी दिएको छ ।

 

सडक आयोजनाका अनुसार हालको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । यो अवधिमा योजनाको सम्पूर्ण कार्य सम्पन्न हुने सडक आयोजनाले दाबी गरेको छ ।

यस सडक खण्डको सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड २०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि सडकको निर्माण सम्पन्न नहुदा हरेक दिन लाखौं यात्रुले सास्ती बेहोर्नु परेको छ । योसहित सरकारले यस सडकखण्ड निर्माणको म्याद चौथो पटक थपेको हो ।  

 

यस सडक खण्डमा ११३ किलोमिटर सडकमा ६४ वटा पुल, ४७४ वटा कल्भर्ट, १०६.१७ किलोमिटर नाली निर्माण गर्ने कार्य रहेको सडक योजनाले जानकारी दिएको छ । त्यसैगरी सडक निर्माणतर्फ ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित दायाँबायाँ ६–६ मिटरको सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन स्तरोन्नति गर्ने लगायत रहेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार