प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
२०८२ श्रावण ११ आईतवार
- प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै पश्चिम चितवन र माडी क्षेत्रमा आजदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने सूचना जारी भएपछि प्राविधिक समस्यालाई लिएर ‘लोडसेडिङ’ को भ्रम फैलाउन खोजेको आरोप लगाएको हो ।
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रमा देखिएको प्राविधिक समस्यालाई लिएर ‘लोडसेडिङ’ को भ्रम फैलाउन खोजेको बताएको छ ।
प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै पश्चिम चितवन र माडी क्षेत्रमा आजदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने सूचना जारी भएपछि प्राविधिक समस्यालाई लिएर ‘लोडसेडिङ’ को भ्रम फैलाउन खोजेको आरोप लगाएको हो ।
प्राधिकरणले बसेनी १३२ केभी सबस्टेशनबाट चनौली सबस्टेशनसम्म नयाँ ३३ केभी लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी दुई-तीन दिनभित्र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित हुने बताउदै वर्षाको समयमा अपेक्षाकृत पानी नपर्दा सिंचाइ मागमा आएको वृद्धिका कारण लाइन र ट्रान्सफर्मर व्यवस्थापनका लागि तालिका सार्वजनिक गरिएको स्पष्ट गरेको छ ।
प्राधिकरणको विज्ञप्ति:
चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन मिति २०८२ । ४ । ११ का लागि निकालेको लोड व्यवस्थापन तालिकाले श्रृजना गरेको अन्यौल र त्यसैलाई लिएर केही सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा व्यक्त धारणा प्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ । चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सवस्टेशनमा न्यू भरतपुर (बसेनी) सवस्टेशनबाट आउने ३३ के.भी. लाइनमा बढेको अत्याधिक लोडको कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको छ ।
चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्नका लागि बसेनी १३२ के.भी. सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र सो लाइन निर्माण पश्चात यो समस्या दीर्धकालीन रुपमा समाधान हुने विश्वास व्यक्त गर्दछौं।
वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिंचाइ लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रन्सफर्मरहरु अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई "लोडसेडिङ्ग तालिका" शिर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक रहेको व्यहोरा स्पष्ट पार्न चाहान्छौं । प्रकाशित समाचारहरुको भित्री व्यहोराहरुमा नै प्राधिकरणकै जिम्मेवारी पदाधिकारीद्वारा यस अवस्थालाई लोडसेडिङ्ग भन्न नमिल्ने र बुधवारसम्ममा समस्या समाधान भइसक्ने कुरा उल्लेख भए पनि यसको विपरित मुख्य शिर्षकमा लोडसेडिङ्ग उल्लेख दुःखद् र कुनै पनि दृष्टीले न्यायोजित नभएको सञ्चार जगतसमक्ष निवेदन गर्दछौं । लोडसेडिङ्ग नेपालको लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरुमा पर्न गएको अन्योल प्रति प्राधिकरण सचेत रहेको छ ।
चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केवल प्राविधिक समस्या मात्र भएको र समस्या समाधानका लागि प्राधिकरण अहोरात्र खटिएको हुँदा दुई तीन दिन भित्र निरन्तर विद्युत आपूर्ति हुने व्यहोरा जानकारी गराउँदछौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।