समस्याग्रस्त घोषित सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न समय
२०८२ श्रावण ९ शुक्रवार
- भदौ मसान्तसम्म ऋण चुक्ता गर्न सयम दिदै अन्यथा ऋण असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ ।
हेटौंडा: समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न भन्दै सूचना जारी गरिएको छ ।
बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै भदौ मसान्तसम्म ऋण चुक्ता गर्न सयम दिदै अन्यथा ऋण असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ ।
बागमती सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई कर्जा रकमको साँवा तथा ब्याज भदौ ३१ भित्र उक्त समितिको बैंक खातामा बुझाउन भनिएको छ ।
सुचनामा भनिएको छ- 'बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित गरिएका तपसिलमा उल्लेखित सहकारी संस्थाका ऋणीहरुले सो संस्थाबाट उपभोग गर्नुभएको ऋण कर्जा रकमको साँवा तथा व्याज रकम फरफारको लागि पटक पटक सूचना प्रकाशित गरिएको र फोनबाट पनि आफ्नो ऋण तिर्नको लागि जानकारी गरिसक्दा पनि ऋणीहरु सम्पर्कमा नआएको हुँदा आफूले तिर्नु/बुझाउनु पर्ने ऋण रकम मिति २०८२ भाद्र ३१ गतेभित्र यस समितिको बैंक खातामा बुझाएको हकमा सो को व्याज गणना र हर्जनाको हिसाब सम्बन्धित सहकारी समस्याग्रस्त घोषणा हुनु भन्दा अघिल्लो दिनलाई आधार मानिने तथा २०८२ भाद्र मसान्त सम्म पनि ऋण रकम चुक्ता गर्न नआउने ऋणीहरुको हकमा ऋण चुक्ता गर्ने मितिको अघिल्लो दिनसम्म आधार मानि साँवा, व्याज र हर्जना रकम गणना गरी ऋण असुली गर्ने समितिको निर्णय भएकोले ऋण फरफारक गर्न यस कार्यालयमा अविलम्ब सम्पर्क गर्नुहुन सम्पूर्ण ऋणीहरुलाई जानकारी गराईन्छ । अन्यथा ऋण असुली सम्बन्धी आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारी गराईन्छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।