बेनी–अर्थुङ्गे–पुलाचौर सडकः बेनी–पुरुण्डी खण्ड पक्की बन्यो
६ श्रावण, २०८२, मङ्गलवार
- यो सडकले बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।
म्याग्दी, ६ श्रावण । म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ । बेनीबाट बेनी –६ अर्थुङ्गे–बाँसबोट–एकपाटे–अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।
“बेनीबाट अर्थुङ्गे हुँदै पुलाचौर जोड्ने सडक योजना बेनी नगरपालिकाको प्राथमिकताप्राप्त क्रमागत योजना हो”, उनले भने, “पुरुण्डीबाट पुलाचौतर्फको सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८२/८३ मा लागि रु एक करोड ६२ लाख ५० हजार विनियोजन भएको छ ।”
बेनी–अर्थुङ्गे पुलाचौर सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा दुईवटा योजना सञ्चालन गरेको थियो । गत वर्षसम्म बेनीबाट अर्थुङ्गे हुँदै बेनी नगरपालिका–६ बाँसबोटसम्म ढलान र कालोपत्र भएको थियो ।
रु ६२ लाख ६७ हजार ८३८ मा ठेक्का सम्झौता भएको योजनामार्फत एकपाटे र अवेचौर क्षेत्रमा ४२६ मिटर प्रिमिक्स कालोपत्र, एक सय ३० मिटर ढलान र एक सय ९० मिटर पक्की नाली निर्माण भएको बेनी नगरपालिकाका प्राविधिक मिलन केसीले बताए ।
सडक बोर्डको कार्यक्रमअन्तर्गत रु ६८ लाख ७९ हजार ४९८ मा ठेक्का सम्झौता भएको योजनामार्फत पुरुण्डी खण्डमा दुई सय ३२ मिटर ढलान, एक सय ५० मिटर पक्की नाली, पर्खाल निर्माण सकिएको र ७२ मिटर प्रिमिक्स कालोपत्र गर्न बाँकी छ ।
कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली र कुनातर्फ टेवा पर्खाल निर्माण भएको छ । यसअघि सडक चार मिटरको अनुपातमा फरालिको थियो । विस्तार गरेर सात मिटरको अनुपातमा फराकिलो पारिएको छ ।
एकपाटेका बासिन्दा विष्णुदत्त शर्मा मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति भएसँगै आवतजावतमा सहज भएको बताए । “सडक सुधार भएसँगै यसअघि एकपाटेबाट बेनी आउन ४० मिनेट लाग्ने गरेकामा अहिले यात्राअवधि १० मिनेटमा छोटिएको छ”, उनले भने, “हिलो र धुलोमुक्त सफा सडकमा सुरक्षित रूपमा यात्रा गर्न पाउँदा दङ्ग परेका छौँ।”
स्तरोन्नति भएको सडकमा नियमित यातायातका साधन सञ्चालन गर्न र भाडादर समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् । स्थानीयको मागअनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नयाँ आर्थिक वर्षको सुरुआतसँगै नयाँ भाडादर लागि गरिएको नगरपालिकाले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।