तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप
२०८२ श्रावण ०४ आईतवार
- कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर जारी गरेको थियो ।
काठमाडौं: तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने समयावधि थप गरिएको छ ।
हकप्रद खरिदका लागि साउन ४ गते सम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको भएपनि माग बमोजिम आवेदन नपरेको भन्दै कम्पनीले साउन ११ गतेसम्मका लागि समयावधि थप गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर जारी गरेको थियो ।
गत जेठ ५ गते कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’