थाइल्याण्डले पर्यटकहरूलाई क्रिप्टोकरेन्सीबाट स्थानीय मुद्रामा सटही गर्न अनुमति दिने
२०८२ साउन १ विहिवार
- भुटानले भने १ सय भन्दा बढी स्थानीय व्यापारीहरूद्वारा क्रिप्टोकरेन्सी कारोवार गर्न पाउने स्वीकृति दिईसकेको छ, जसले भुटानमा पर्यटकहरूका लागि नगदरहित यात्रा अनुभवलाई सम्भव बनाएको छ ।
एजेन्सी: थाइल्याण्डको सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) र बैंक अफ थाइल्याण्डले पर्यटकहरूलाई क्रिप्टोकरेन्सीबाट थाई भाटमा सटही गरेर खर्च गर्न पाउने गरी नीति ल्याउने तयारी गरिरहेको छ । यो पहलले प्रशिद्ध पर्यटकिय क्षेत्र फुकेतमा पहिले सञ्चालित पाइलट कार्यक्रमलाई विस्तार गर्दै देशको समग्र पर्यटन क्षेत्रमा क्रिप्टो प्रयोगलाई बढावा दिने लक्ष्य राखेको छ।
थाइल्याण्डको बैङ्कक पोस्ट पत्रिकाको प्रतिवेदन अनुसार, ''यो पहल फुकेतमा केन्द्रित पूर्व पाइलट कार्यक्रमको विस्तारित रुप हो र यसले देशको व्यापक पर्यटन क्षेत्रमा क्रिप्टोकरेन्सीको प्रयोगलाई विस्तार गर्ने लक्ष्य राखेको छ।''
यो स्यान्डबक्स योजना अन्तर्गत, पर्यटकहरूले लाइसेन्स प्राप्त अपरेटरहरू मार्फत क्रिप्टोकरेन्सी सटही गर्नेछन् र नियमन गरिएका इलेक्ट्रोनिक मनी प्लेटफर्महरू, जस्तै क्यूआर कोड भुक्तानी, मार्फत थाइभाट प्रयोग गर्न पाउनेछन।
थाइल्याण्डको क्रिप्टो स्यान्डबक्स कार्यक्रम विस्तार:
यो कार्यक्रम पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राले प्रस्ताव गरेको फुकेत स्यान्डबक्स अवधारणामा आधारित छ । जसले पर्यटकीय क्षेत्रहरूमा बिटकोइन र अन्य क्रिप्टोकरेन्सीहरूलाई भुक्तानीको माध्यमको रूपमा एकीकरण गर्ने लक्ष्य राखेको थियो ।
लाइसेन्स प्राप्त डिजिटल सम्पत्ति सटही, ब्रोकर र डिलरहरूले यो स्यान्डबक्समा १८ महिनासम्म सञ्चालन गर्न योग्य हुनेछन्, जसलाई म्याद थप पनि गर्न सकिनेछ । तर, अपरेटरहरूले कडा योग्यता मापदण्डहरू, सेवा सीमाहरू, पर्यटकहरूको खर्च सीमा आदि पालना गर्नुपर्ने साथै मनी लान्ड्रिंग विरोधी नियमहरूको पालना गर्नुपर्ने छ।
चिन्ताहरू र चुनौतीहरू
थाइल्याण्डको पर्यटन परिषद् (टीसीटी) ले यो कार्यक्रम सुरु गर्नुअघि सम्पूर्ण प्रणालीको तयारी सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ । टीसीटीका उपाध्यक्ष भुम्मिकित्ति रुक्टाएङ्गमले फुकेतलगायत धेरै स्थानीय सरोकारवालाहरू हाल चलिरहेको सार्वजनिक परामर्श प्रक्रियाबारे अनभिज्ञ रहेको बताएका छन्।
विशेषगरी फुकेतमा गैरकानुनी विदेशी व्यवसायहरूको वृद्धिका कारण मनी लान्ड्रिंगको जोखिम पनि ठूलो चिन्ताको विषय बनेको छ । स्पष्ट नियामक ढाँचाको अभावमा क्रिप्टो सटहीहरू अवैध गतिविधिहरूका लागि दुरुपयोग हुन सक्ने जोखिम विद्यमान छ । पर्यटन अपरेटरहरूले कुन क्रिप्टो सम्पत्तिहरू स्वीकार गरिनेछन् तथा सटही सेवाहरूको दायरा बारे के हुने भन्दै स्पष्टता खोजिरहेका छन्।
| यो पनि पढ्नुहोस् क्रिप्टो कारोबारमा भारत र भुटानको लोभलाग्दो उदाहरण |
|---|
यता भुटानले भने १ सय भन्दा बढी स्थानीय व्यापारीहरूद्वारा क्रिप्टोकरेन्सी कारोवार गर्न पाउने स्वीकृति दिईसकेको छ, जसले भुटानमा पर्यटकहरूका लागि नगदरहित यात्रा अनुभवलाई सम्भव बनाएको छ ।
श्रोत: एजेन्सी
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पुर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर
-
कांग्रेस नेता ढकालद्वारा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डा निर्वाचन घोषणापत्रमा समेट्न लिखित प्रस्ताव
-
मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
-
ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश
-
काँग्रेसमै फर्किंइन् रास्वपा जुम्ला उपसभापति तारा शाही
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।