- ८ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ ।
काठमाडौं: नबिल बैंक लिमिटेडले आगामी साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋण पत्र जारी गर्न लागेको छ ।
बैकले कुल ३० लाख कित्ता सहितको ७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ८ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ ।
जारी गर्न लागिएको कुल कित्ता मध्येबाट १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि छुट्याइएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते सम्म यस ऋण पत्रमा आवेदन दिन सकिनेछ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’