मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

२०८२ असार २७ शुक्रवार
सारांश
  • राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।

काठमाडौं: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को मौद्रिक नीति आज(शुक्रबार)सार्वजनिक गर्दैछ ।


शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक गर्ने र दुई बजे पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ । 


मौद्रिक नीति नेपाल टेलिभिजन, राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ ।


राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।


बिहीबार साँझ बसेको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार