स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन्: बमबहादुर मिश्र
२०८२ असर १४ शनिवार
- अहिले मोनिटरी पोलिसी निर्माण गर्ने बेला भएको र आगामीे मनिटरी पोलिसी स्टार्टअप फ्रेन्डली ल्याउने प्रयासमा राष्ट्र बैंक लागि परेको उनले बताए ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकका डेपुडी एवम कायम मुकायम गभर्नर बमबहादुर मिश्रले स्टार्टअपहरुले नेपालमै बसेर डलर कमाउन थालेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा उक्त खुलासा गरेका हुन् ।
स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनले बिल्डिड.द स्टार्टअप इकोसिस्टम इन नेपाल विषयक एक दिवसीय कायक्रममा गरेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘आइटी क्षेत्रमा नेपालमै बसेर डलर कमाउन थालेका छन् । ई भिसीहरू पनि खुलेका छन् । स्टार्टअपहरूका लागि यो अवसरको कुरा हो । अहिले स्टार्टअपका सम्बन्धमा नेपाल राष्ट्र वैकमा पनि छलफल भएको छ ।’
अहिले मोनिटरी पोलिसी निर्माण गर्ने बेला भएको र आगामीे मनिटरी पोलिसी स्टार्टअप फ्रेन्डली ल्याउने प्रयासमा राष्ट्र बैंक लागि परेको उनले बताए ।
कार्यक्रममा बिजनेस टेलिभिजनका निर्देशक भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सरकारका उपसचिव किरण थापा, औद्योगिक व्यवसाय प्रवर्धन प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता, स्टार्टअप अभियन्ता नेपाल पेमेन्ट सोलुसनका लोकराज शर्मा टिम भेन्चर्स प्रा लि.का सिनियर एनालिष्ट दिपेश पोते श्रेष्ठ, आद्यान्त फण्ड मेनेजमेन्टका निर्देशक निष्चल सिंह भण्डारी पूर्वराजदूत विष्णुहरि नेपाल एफएनसीसीआईका प्रतिनिधि, युनिभर्सिटीका प्राध्यापक,उद्योग व्यवसायीहरू, स्टार्टअपहरू लगायतको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।