दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

२०८२ असार ०९ सोमवार
सारांश
  • कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

काठमाडौं : दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (सोमबार) देखि आईपीओ निष्काशन गरेको हो ।


कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।


यसैगरी, १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार ९५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो । उक्त आईपीओका लागि असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । 


यस आईपीओको विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार