- ११ महिनामा गत आवको सोहि अबधिको तुलनामा निर्यात व्यापार उक्त अनुपातमा वृद्धि भएको देखिएको हो ।
काठमाडौं: चालु आवको जेठ सम्म नेपालको निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को ११ महिनामा गत आवको सोहि अबधिको तुलनामा निर्यात व्यापार उक्त अनुपातमा वृद्धि भएको देखिएको हो ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्म नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । गत आवको सोहि अबधिमा नेपालले १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको थियो । चालु आवको यो निर्यात गत आवको सोहि अबधिको तुलनामा ७७.७७ प्रतिशतले धेरै हो ।
चालु आवमा नेपालबाट प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुँदा नेपालको निर्यात व्यापारले उल्लेख्य रुपमा फड्को मारेको हो ।
११ महिनामा नेपालबाट प्रशोधन गरिएको भटमासको तेल ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो निर्यात कुल निर्यात हिस्साको ३७.७७ प्रतिशत हो । सनफ्लावरको बीउ र तेल ११ अर्ब ३३ करोड ८९ लाख, गलैंचा ९ अर्ब ७८ करोड १० लाख र अलैंची ७ अर्ब १९ करोड ७ लाख रुपैयाँको निर्यात भएको छ । यस् बस्तु पनि भटमासको तेल पछि सबैभन्दा धेरै निर्यात हुने बस्तुहरु हुन् । निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा समेत घटेको विभागको तथ्यांकले देखाएको छ ।
गत आवको जेठ सम्म नेपालको वैदेशीक व्यापारमा निर्यातको हिस्सा ८.७४ र आयातको हिस्सा ९१.२६ प्रतिशत थियो । तर, चालु आवमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ र आयातको हिस्सा ८६.९२ प्रतिशत रहेको पाइएको छ ।
विभागका अनुसार पछिल्लो ११ महिनामा सबैभन्दा धेरै डिजेल आयातमा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ बाहिरिएको देखिएको छ । सोयाविन तेल आयातमा ९५ अर्ब ७२ करोड विदेशिएको छ । त्यसैगरी पेट्रोल आयातका लागि ५८ अर्ब ५८ करोड रुपैयाँ विदेशिएको छ । एलपीजी ग्यास ५७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आएको छ । ३२ अर्ब ८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको देखिएको छ । त्यसैगरी सनफ्लावर तेलको आयात २६ अर्ब ८७ करोड रुपैयाँ बराबरको भएको छ भने १७ अर्ब १२ करोड बराबरको सुन आयात भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’