११ महिनामा ३३ अर्बका साढे २८ हजार ईभी गाडी भित्रिए

२०८२ असार ७ शनिवार
सारांश
  • ३३ अर्ब ११ करोड ३३ लाख ३३ हजार रुपैयाँका २८ हजार ७७४ वटा ईभी गाडी भित्रिएका हुन् ।

काठमाडौं: पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका करीब साढे २८ हजार विद्युतीय गाडी (ईभी) भित्रिएका छन् ।


भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को जेठ महिनासम्ममा तीनपांग्रे रिक्सा, चारपांग्रे कार, जीप, बस सहित ३३ अर्ब ११ करोड ३३ लाख ३३ हजार रुपैयाँका २८ हजार ७७४ वटा ईभी गाडी भित्रिएका हुन् ।


गत आवको सोहि अबधिमा ३० अर्ब ३२ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरका २० हजार ९११ ओटा ईभी नेपाल भित्रिएका थिए । नेपालमा चीन, भारत, जापान, अस्ट्रेलिया, क्यानडा, जर्मनी, कोरीया, मलेसिया र अमेरिकालगायत मुलुकबाट ईभी भित्रिने गरेका छन् ।


पछिल्लो समय नेपालमा ईभी प्रयोगकर्ताहरु बढेसँगै ईभी आयात हरेक वर्ष बढ्दै गएको छ । विषेशगरी शहरी क्षेत्र र मुख्य राजमार्गहरुमा चार्जिङ स्टेशनहरु निर्माणको निर्माण बढेपछि ईभी प्रयोगकर्ताहरुलाई सहज भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार