जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल

२०८२ जेठ ३१ शनिवार
सारांश
  • शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले स्वच्छ वातावरणसहितको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

काठमाडौं : उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनुका साथै नीति निर्माणमा पनि ध्यान दिइरहेको उल्लेख गरेका छन ।


शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले स्वच्छ वातावरणसहितको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।


उनले वातावरण संरक्षणको प्रश्नलाई अत्यन्त महत्वपूर्ण लिएर सरकार अगाडि बढिरहेको बताएका हुन् ।


रिसाइकलिङ नहुने पातलो प्लाष्टिकको उत्पादन रोक्न सरकार लागि परेको उनले बताए । उपत्यकाको प्रदूषण कम गर्न मौफसलमा जान चाहनेलाई नि स्शुल्क लिज उपलब्ध गराउने गरी बजेट निर्माण गरिएको बताए । उनले सगरमाथा संवादलाई विश्वव्यापीरुपमा लैजाने बताए ।


‘यो कुनै देश विशेषको होइन । पृथ्वीको साझा विषय हो । यो विषयमा संसारभर छलफल भइरहेको र वातावरणको पक्षमा योजना बनिरहेका छन,’ अर्थमन्त्री पौडेलले भने,‘एकातिर विकासको आवश्यकतालाई सम्बोधन गर्नुछ। अर्कोतिर स्वच्छ वातावरणको सुरक्षा गर्नु छ । स्वच्छ वातावरणसहितको विकास प्रत्याभूत गर्नुछ ।’


पातलो प्लाष्टिकको उत्पादन रोक्न सरकार लागि परिरहेको छ । यसले पनि वातावरणमा असर पार्दै गएकाले पनि यसलाई रोक्न लागि परेका छौं ।


सरकारले उपत्यकाको प्रदूषण कम गर्न मौफसलमा जान चाहनेलाई नि स्शुल्क लिज उपलब्ध गराउने गरी बजेट निर्माण गरेको छ  । साथै सगरमाथा संवादलाई विश्वव्यापीरुपमा लैजान आवश्यक पनि रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार