पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिजले नौं महिनामा ग¥यो एक अर्बको व्यापार
२०८२ जेठ २७ मंगलवार
- कम्पनीको क्रेडिट रेटिङ प्रतिबेदन अनुसार गत आवमा ४९ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको कम्पनीले चालु आवको ९ महिनामा करिब दोब्बर व्यापार गरेको देखाएको हो । कम्पनीले यसअघि सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।
काठमाडौं : पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष (आव) को नौं महिनामा एक अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ ।
कम्पनीको क्रेडिट रेटिङ प्रतिबेदन अनुसार गत आवमा ४९ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको कम्पनीले चालु आवको ९ महिनामा करिब दोब्बर व्यापार गरेको देखाएको हो । कम्पनीले यसअघि सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।
सन् २०२१ बाट नन स्टिम प्लान्ट मात्रै सञ्चालनमा ल्याई व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले सन् २०२४ बाट अर्को प्लान्ट सुरु गरेको थियो । कम्पनीले सन् २०२५ को नौं महिनाको अवधिमा एक अर्बभन्दा बढी चामलबाट मात्रै गरेको उल्लेख गरेको छ । बाँकी आम्दानी भुस, कनिका, ब्रान र सोना धानबाट गरेको कम्पनीले जनाएको छ ।
यो कम्पनी धानलाई चामलमा प्रशोधन गर्न अगस्ट ४, २०२१ मा स्थापना भएको एक निजी लिमिटेड कम्पनी हो । जसको प्लान्ट बारा, जिल्लाको कलैयामा छ । कम्पनीले मुख्यतया धान आयात गरेर चामलमा प्रशोधन गर्छ र यसको धेरै ब्रान्डहरू बेच्नु अघि ग्रेडिङ र ब्रान्डिङ गर्दछ ।
कम्पनीले आफ्ना ग्राहकहरूको लागि आफ्नै ब्रान्ड जस्तै मैजु, सुनचरी, हिमानी, सनराइज, डबल सूर्या मा विभिन्न ब्रान्डको चामल पनि उत्पादन गर्दै आएको छ ।
यस कम्पनीको प्लान्टको कुल स्थापित क्षमता प्रति घण्टा ८ मेट्रिक टन छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६५६ करोड रुपैयाँको रेटिङ गराएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’