भारतीय ऊर्जा मन्त्रीद्वारा अरुण–३ जलविधुत् परियोजनाको अवलोकन

९ बैसाख, २०८२, मंगलवार
सारांश
  • मंगलबार नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविधुत् परियोजनाको अवलोकन गरेका हुन् ।

भारतीय ऊर्जा मन्त्रीद्वारा अरुण–३ जलविधुत् परियोजनाको अवलोकन

 

काठमाडौँ, ०९ वैशाख । भारत र नेपालको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री  मनोहर लालले अरुण–३ जलविधुत् परियोजनाको अवलोकन  गरेका छन् । मंगलबार  नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविधुत् परियोजनाको अवलोकन गरेका हुन् ।

 

दुवै मन्त्रीहरूले परियोजनाको प्रगतिबारे समीक्षा गर्दै निर्माणमा आइरहेका अवरोधहरू समाधान गर्न आवश्यक उपायहरूबारे छलफल गरे । भ्रमणको मुख्य आकर्षणका रूपमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको औपचारिक सुरुवात गरिएको छ, जसले परियोजनाको निर्माण कार्यलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

 

यस भ्रमणले दुवै देशबीचको ऊर्जा सहकार्यमा प्रतिबद्धता झल्काउने तथा दिगो विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यमा सहयोग पुऱ्याउने विश्वास लिइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार