- कफीको उपभोक्ता मूल्य गत वर्षको तुलनामा प्रति केजी रु. ४०० देखि ५०० को दरले बढेको छ ।
काठमाडौँ, २९ चैत । कफी उत्पादनका दुई ठुला मूलुक भियतनाम र ब्राजिलमा खराब मौसमका कारण करिब ५ महिना अघि नै उत्पादन घट्ने भनिएको थियो । अहिले नेपालको क्याफे, रेष्टुरेण्ट लगायत खुद्रा खरिद-बिक्रि कारोबारीसम्ममा कफीको बजार भाउ एकाएक बढेको हो ।
अन्तर्राष्ट्रिय बजारबाटै मूल्य बढेर आएको भन्दै यहँका व्यवसायीले पनि मूल्य बढाएका छन् । हाल अन्तर्राष्ट्रिय बजारमा कफीको भाउ ३.६० प्रति पाउण्ड (०.४५ केजी) पुगेको छ । गत साता ३.९३ प्रति पाउण्ड पुगेको थियो । उत्पादनमा गिरावट आएसङ्गै बजार भाउ बढ्ने अनुमान उतीबेलै गरिएको थियो ।
नेपालमा कफीको पारखी थोरै भएपनि यो सङ्ख्या वर्षेनी बड्दो क्रममा छ । जसले हर्दा आयातको अनुपात पनि बढ्दै गएको छ । नेपाल कफी महासंघका अनसार कच्चादेखि तयारी कफीको भाउमा वृद्धि भएको छ । कफीको उपभोक्ता मूल्य गत वर्षको तुलनामा प्रति केजी रु. ४०० देखि ५०० को दरले बढेको छ । नेपालमा कफीको खपत वार्षिक २२ सय मेट्रिक टन हुने गरेको छ । जसमा आन्तरिक उत्पादन साढे पाँच सय मेट्रिक टन रहेको छ । त्यसमा करिब ७० देखि ९० टनसम्म निर्यात हुने गरेको डाटा उपलब्ध छ । हुनत नेपालमा ४० वटा जिल्लाहरुमा कफी खेती गरिन्छ । तर उत्पादन अपेक्षाकृत नभएकोले यो असन्तुलनको स्थिति व्यहोर्नु परेको हो ।
महासंघमा महासचिव सन्तोष पोखरेलले भने - ''हाम्रोमा उत्पादन धेरै छैन, आयात गर्दै महङ्गो परेपछि स्वदेशी उत्पादनमा पनि सोझो प्रभाव परिहाल्छ ।'' उनले अघिल्लो वर्ष १६ सय प्रतिकेजीले खरिद गरेको कफी अहिले २१ सयदेखि २२ सयसम्म पर्न सक्ने कुरा बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।